त्रिशाको भिडियोमा सुष्मा र समइरा आमाछोरी

काठमाडौं । अभिनेत्री सुष्मा कार्की र भाइरल बालिका समइरा थापा अभिनित पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द तथा राजन कार्कीको संगीत र कुमारी बिसी र संगीतकार कार्कीको स्वर रहेको ‘सानो सानो बाबुको’मा सुष्मा र समइराको अभिनय देख्न सकिन्छ । भिडियोमा सुष्माले आमा र समइराले छोरीको भूमिका निर्वाह गरेका छन् ।

सञ्चारकर्मी त्रिशा केसीले निर्देशन गरेको म्युजिक भिडियोमा अभिभावकले कसरी आफ्नो सन्तानको उज्ज्वल भविष्यको कल्पना गर्छन भन्ने देखाइएको छ । यस्तै गीतमा पिताको भुमिकामा सन्दीप श्रेष्ठले अभिनय गरेका छन ।

सन्चु थोकरले खिचेको म्युजिक भिडियोमा तेन्जु योन्जनको कोरियोग्राफी, अटल मगरको श्रृङ्गार, राम केसीको फोकस र श्रीकृष्ण श्रेष्ठको सम्पादन छ ।