अश्विनीकान्तलाई राष्ट्रिय युवा प्रतिभा सम्मान

काठमाडौं । देश विदेशका विभिन्न कार्यक्रममा फेसन र डान्स कोरियोग्राफी गर्दै आएका अश्विनीकान्त झा ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’ बाट सम्मानित भएका छन् ।

कविलासी नगरपालिका वडा नं ७ गौर घर भई राजधानीमा बसी सयौं सौन्दर्य प्रतियोगिता र फेसन शोमा कोरियोग्राफी गर्दै आएका झालाई मंगलबार युवा तथा खेलकुद मन्त्रालयले सिंहदरबारस्थित मन्त्रालय प्रांगणमा आयोजना गरेको एक समारोहमा सो सम्मानबाट सम्मानित गरेको हो । समारोहमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले कोरियोग्राफर झालाई नगद १ लाख रुपियाँसहित ‘राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७’बाट सम्मानित गरेका थिए ।

मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा राष्ट्रिय युवा प्रतिभा सम्मान प्रदान गर्दै आए बमोजिम यस वर्ष आधादर्जन विधामा सम्मान गर्ने क्रममा कला तथा कोरियोग्राफी क्षेत्रबाट यस वर्ष झालाई सम्मान गरेको हो । कला तथा कोरियोग्राफी क्षेत्रमा योगदान पु¥याएवापत झालाई यो सम्मानबाट सम्मानित गरिएको मन्त्रालयले जनाएको छ । यस वर्ष यो विधाबाट सम्मानित हुने झा एक्लो प्रतिभा हुन्।

लामो समयदेखि फेशन कोरियोग्राफी तथा नृत्य कोरियोग्राफी गर्दै आएका अश्विनीले हालसम्म २ सयभन्दा बढी व्युटी पेजेन्ट तथा फेशन शोका लागि कोरियोग्राफी गरिसकेका छन् । ‘यो सम्मान सम्पूर्ण युवाहरुमा आ–आप्mनो क्षेत्रमा क्रियाशिल भई देशमा राम्रो काम गर्नेहरुप्रति समर्पण गर्दछु’ उनले भने ।