मुम्बई(एजेन्सी) । सन् २०१७ बलिउड अभिनेता अक्षय कुमारका लागि निकै यादगार बन्यो । वर्षको सुरुवातमा उनले फिल्म ‘रुस्तम’का लागि राष्ट्रिय अवार्ड जिते । सन् २०१७ मा चम्किइरहेका अक्षयलाई वर्षको अन्त्यमा विश्वकै सबैभन्दा धनी व्यक्तिका रुपमा चिनिएका माइक्रोसप्mटका संस्थापक बिल गेट्सले उनको अभिनयको तारिफ गरेका छन् । केही समय अघि मात्र अक्षय अभिनित फिल्म ‘ट्वाइलेट एक प्रेम कथा’ हेरेपछि बिलले अक्षयको अभिनयको तारिफ गरेका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार हालै बिलले ट्वीटरमा सन् २०१७ मा आफूलाई प्रभावित पार्ने गतिविधिमा अक्षयको फिल्म पनि रहेको उनले उल्लेख गरेका छन् । उनले फिल्मका निर्देशक भूमि पेडनेकरको पनि कामको तारिफ गरेका छन् । ‘ट्वाइलेट एक प्रेमकथा, जो बलिउडको एक फिल्म हो र एक नवविवाहित जोडीको कथा फिल्ममा छ । यो फिल्मले भारतको सिचाई समस्यालाई दर्शकमाझ परिचित गराउँछ ।’ उनले ट्वीटेका छन् । उनले ‘द एक्सप्रेस ट्रिब्यून’को एक लेखलाई ट्वीटरमा शेयर गर्दै फिल्मको तारिफ गरेका हुन् ।
अक्षयले सन् २०१७ मा तीन फिल्ममा काम गरे । वर्षको शुरुवात उनले ‘जोली एलएलबी २’मा काम गरे । जुन फिल्मलाई दर्शकले निकै रुचाए । यो फिल्मले बक्स अफिसमा १ सय ९७ करोड रुपैंयाँ कमाई गरेको थियो । यो फिल्म पछि उनले ‘नाम शबाना’मा एउटा छोटो भूमिकामा अभिनय गरे । यो फिल्म २०१५ मा रिलिज अक्षयको फिल्म ‘बेबी’ प्रिक्वेल हो ।
यो फिल्म पछि उनको फिल्म ‘ट्वायलेट एक प्रेम कथा’ले देशका हरेक वर्गका दर्शकलाई हलतर्फ तान्यो । यो फिल्म प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ भारत अभियानमा आधारित छ । फिल्ममा भारतको गाउँमा ट्वाइलेट निर्माणको समस्यामा आधारित विषय देखाइएको थियो । फिल्मले बक्स अफिसमा २ सय १६ करोड कमाई गरेको थियो ।