मुना सम्झँदै आशिष सचिन

काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यैरी’ जस्ता रुचाइएका गीतका गायक आशिष सचिनको नयाँ गीत ‘ए मुना’ सार्वजनिक भएको छ । गीतमा आशिषलाई गायिका प्रविशा अधिकारीले स्वरमा साथ दिएकी छन् । स्याड भर्जनमा तयार भएको यस गीतमा सन्तोष सुनारको शब्द तथा संगीतमा रहेको छ ।

गीतको भिडियोमा गायक आशिष सचिन र सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । भिडियोमा प्रेम र विछोडको पीडालाई देखाइएको छ । मनोज बस्नेतको कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा अर्जुन तिवारीको छायांकन छ । भिडियो सम्पादन तथा कलरिङ सुप्रिम पराजुलीले गरेका छन् ।

गायक सचिन यस गीतबाट निकै आशावादी देखिन्छन् । आफूले गरिरहेको भन्दा केही फरक शैलीमा यस गीत तयार भएको आशिषले बताए । उनी भन्छन्, ‘मेरो यसअघिका गीतभन्दा यो गीत निकै भिन्न छ । मैले पहिलो पटक स्याड गीत गाउने प्रयास गरेको छु । आशा छ, मलाई यस गीतमा पनि पहिलाको जस्तै माया गर्नुहुनेछ ।’

अडियो तथा भिडियोमा निकै मिहिनेत गरेको भन्दै दर्शक–श्रोताले मन पराउनेमा गायक सचिन ढुक्क छन् ।