काठमाडौ । प्रेमकथानक फिल्म ‘कृष्ण–लीला’ को सम्पूर्ण छायांकन सकिएको छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको फिल्मको आइतबार झापामै इन्ड कल्याप गरिएको हो । करिब ४० दिन निरन्तर खिचिएको फिल्मको निर्देशक दीपक ओली हुन् ।
फिल्म अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा रहेको बताइएको छ । रोहित कट्टेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता तथा प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको फिल्मको गीतमा अर्जुन पोखरेलको संगीत र रामजी लामीछानेको कोरियोग्राफी छ ।
लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारले अभिनय गरेका छन् ।
आरआर फिल्मस्को ब्यानरमा निर्मित फिल्मको छायांकार शिब ढकाल हुन । झापा, इलाम र पाँचथरका बिभिन्न रमणीय स्थानमा खिचिएको फिल्मको प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी प्रस्तुतकर्ता रोहितले दिएका छन् ।