जकार्ता(एजेन्सी) । इण्डोनेसियाको राजधानी जकार्ताबाट डेको एक यात्रुबाहक विमान वेपत्ता भएको छ । विमान ५० बढी यात्रु सवार थिए । अधिकारीहरुका अनुसार श्रीविजया एयर बोइंग ७३७ जर्काताबाट वेस्ट कलिमनतन प्रान्तको बाटोमा सम्पर्क टुटेपछि विमान हराएको थियो । फ्लाइट राडार२४डटकमका अनुसार विमान एक मिनेट भन्दा कम समयमा दश हजार फूट तल आएको थियो ।
स्थानीय परिवाहन मन्त्रालयले विमानको खोजी गर्न राहत र उद्धार दल सक्रिय बनाएको जनाएको छ । श्रीविजया एयरले यो उडानका बारेमा अन्य जानकारी लिन जुटिरहेको उल्लेख गरेको छ ।
इण्डोनेसियामा यो भन्दा अघि दुई ठूला विमान दुर्घटना भइसकेका छन् । जसमा ७३७ मेक्स विमान दुर्घटनाग्रस्त भएको थियो । यद्यपि शनिवार जकार्ताबाट उडेको विमान ७३७ मेक्स श्रेणीको होइन ।
अक्टोबर २०१८ मा भएको इण्डोनेसियन लायन एयरको फ्लाइट दुर्घटनामा १८९ यात्रुको मृत्यु भएको थियो ।