दीपाको भुलौं कसरीमा देव र राधिका

काठमाडौं । गायिका दीपा लामाको स्वरमा रहेको आधुनिक गीत ‘भुलौं कसरी’को भिडियो डिवी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

प्रेम र जीवनका सुनौलो पलहरुलाई गीतमा समेटिएको छ । कमला गजमेरको शब्द तथा उत्तम राईको संगीत गीतमा रहेको छ ।

कृष्ण बावुको छायांकन तथा सम्पादन र रमेश बिजुली विसीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा देव बोहरा र राधिका मगरको अभिनय रहेको छ ।