मुहुर्तसँगै बिक्री भयो डिसेम्बर फल्स

काठमाडौं । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को युट्युव र अष्ट्रेलिया प्रदर्शन अधिकार एजुकेसन एण्ड माइग्रेसन कर्नरले खरिद गरेको छ । निर्माता रामप्रसाद रिजालको जन्मदिन पारेर आइतबार पोखराको बिन्दबासिनी मन्दिरमा पूजाआजा गरि मुर्हत गरिएको फिल्मको सोमबारबाट सुटिङ सुरु हुदैछ । सुटिङ सुरु नहुदै फिल्मको अष्ट्रेलिया प्रदर्शन र युट्युव राइट महंगो रकममा बिक्रि भएको हो । बिक्री रकम निर्माण पक्षले जानकारी दिएको छैन ।

अष्ट्रेलियामा फिल्म प्रदर्शनका साथै बिबिध सांस्कृति कार्यक्रम समेत आयोजना गर्दै आइरहेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रम्ुख सुनील उप्रेतीले फिल्मको टिम, कलाकार तथा विषयबस्तुसमेत अब्बल लागेकाले राईट किनेको बताए । फिल्मको टिजर, गीत, प्रोमो तथा फिल्म नेप आर्ट नामक युट्यव च्यानलमा हेर्न पाइने छ । फिल्म साउन १ गते नेपाल र अष्ट्रेलियामा एकसाथ प्रदर्शन हुने कार्यकारी निर्माता लक्ष्मण रिजालले जनाए ।

प्रबिण झाको निर्देशनमा रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको फिल्ममा आर्यन सिग्देल, उपासना सिंह ठकुरी, सुमन थापा रोहित,सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराईलगायतका कलाकारले अभिनय गर्दैछन् ।

बिपीका खनालले लेखेको कथामा केदार भुसालको पटकथा र सम्वाद रहेको फिल्मको छायाकार महेश आर गुप्ता छन् । निर्देशक झा र छायाकार गुप्ता भारतीय फिल्म उद्योगका ब्यस्त फिल्मकर्मी हुन् । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको अधिकांश दृश्य पोखरामा खिचिने बताइएको छ ।