के बिगारिन गायिका मेचुले ?

काठमाडौं । गायिका मेचु धिमालको नयाँ गीत ‘मैले के बिगारे’ को भिडियो सार्वजनिक भएको छ । करणराज कार्कीको संगीत तथा लेखु सहयात्रीको शब्द रहेको गीतको भिडियोमा पति वियोगको कथा देखाइएको छ ।

भिडियोमा गायिका मेचु र ज्वाला राई फिचर्ड छन् । मेचुकै कन्सेप्ट तथा निर्देशनमा बनेको भिडियोमा पेटेर पुरुङको छायांकन रहेको छ । राज पोखरेलले ड्रेन चलाएको भिडियोमा सम्पादन तथा कलर विष्णुहरी तिमल्सेनाले गरेका हुन् । भिडियो मेचुकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसै गीत पुरुष भर्जनमा पनि सार्वजनिक भएको छ । पुरुष भर्जनमा भने संगीतकार कार्की आफैंले स्वर भरेका छन् । पुरुष भर्जनको भिडियोलाई भने लिरिकल शैलीमा तयार गरिएको छ ।