सन्तोष र संगीताको चौबन्दी चोली

काठमाडौं । गायक सन्तोष कटुवाल र गायिका संगीता पौडेल पाण्डेको स्वरमा रहेको ‘चौबन्दी चोली’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा अवस्थामा रहेका प्रेमील जोडिको प्रेमील प्रेमको भावलाई गीतमा समेटिएको छ ।

सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत र विशन मानन्धरको एरेन्ज गीतमा रहेको छ । भिडियोमा सन्तोष कटुवाल र दीपिका लिम्बु फिचर्ड छन् ।

जसु याक्खाको निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायांकन, अमृत चापागाईँको सम्पादन छ ।