अमेरिकाबाट कान्छी सम्झँदै प्रविन

काठमाडौं । अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका युवा गायक प्रविन राजथलाले आफ्नो डेब्यु गीत ‘कान्छीको सम्झनामा’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

विदेशमा रहेर स्वदेशमा रहेकी आफ्नी प्रियशीलाई समर्पित गर्दै लेखिएको यस गीतमा स्वयंम गायक प्रविन राजथलाको शब्द, संगीत रहेको छ । यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन् ।

काठमाडौंको बसन्तपुर र अन्य रमणीय ठाउमा छायांकन गरिएको यस भिडियोमा एलिस राई र गीता ढुंगाना बीचको रोमान्स प्रस्तुत गरिएको छ । भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको भिडियोमा अर्जुन खड्काको सम्पादन छ ।

एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोमा सत्यराज चौलागाईको निर्देशन छ । गायक राजथलाको आधिकारिक च्यानल पीआर म्युजिक मार्फत भिडियो सार्वजनिक भएको हो ।