रानीको सुनसान मनमा केकी

काठमाडौ । गायिका रानी शाक्यको नयाँ गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ । गीतमा राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको संगीत छ ।

भिडियोमा अभिनेत्री केकी अधिकारी फिचर्ड छिन् । भिडियोलाई गायिका रानी शाक्यको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

निर्देशक मदन घिमिरे निर्देशित भिडियोमा रामेश्वर हुमागाईंको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन छ । भिडियो काठमाडौं, धुलिखेल, दोलालघाट र जिरोकिलोमा छायांकन गरिएको हो ।