प्रज्जवलको गीतमा सुपरस्टारको कमब्याक

काठमाडौं । गायक प्रज्जवल श्रेष्ठको स्वर रहेको नयाँ गीत ‘यो माया नै हो’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीतसमेत श्रेष्ठकै रहेको छ । गायनमा प्रज्जवललाई विधान प्रधान ‘सिओडी’ले साथ दिएका छन् ।

प्रेमकथा बुनिएको भिडियोमा स्वेता मिश्रा र सिमरन शाक्यको अभिनय छ । अनिल मानन्धरको छायांकन, रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियोमा मणिको निर्देशन छ ।

युवावर्गलाई लक्षित गरेर तयार पारिएको यो गीत मार्फत सुपरस्टार इन्टरटेनमेन्ट सांगीतिक क्षेत्रमा फेरि फर्किएको हो । एकसमय सुपरहिट गीत दिएको सुपरस्टारले लामो समयपछि सांगीतिक क्षेत्रमा पुनरागमन गरेको छ ।

सुपरस्टार यमबुद्ध, जिएक्स सोल, सिओडीलगायत नयाँ प्रस्तुती लिएर ‘आगमन’ एल्बमका साथ आएको छ ।