जब टाढा गयौमा समिर र करुणा

काठमाडौं । गायक शिबहरी थापाको ‘जब टाढा गयौ तिमी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अशोककुमार तामाङको शब्द, सूर्य दयलूको संगीत तथा विपिन आचार्यको संगीत संयोजन छ ।

अरोमा इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत बाबुकाजी बस्नेतले निर्माण गरेका हुन् । अभी लामाले निर्देशन गरेका भिडियोमा समिर तामाङ र करुणा मगर फिचर्ड छन् ।

भिडियोमा उत्तम हुमागाईंको छायांकन र फराज अर्पणको सम्पादन छ ।