रक भर्सनमा आयुषको निर्दोष माया

काठमाडौं । गायक आयुष खतिवडाको रक भर्सन गीत ‘निर्दोष माया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द गायक खतिवडाका बुवा विकल खतिवडाको रहेको छ ।

गीतमा गायक खतिवडाको संगीत र संगीत संयोजन रहेको छ । १४ वर्षीय गायक खतिवडा गितार, किबोर्डलगायतका बाजा बजाउन सक्छन् । उनले ट्रिनिटी कलेज अफ लन्डनबाट म्युजिक अध्ययनसमेत गरेका छन् ।

भिडियोमा गायक आयुष खतिवडा र प्रतिभा कटुवालबिचको स्कुले प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ । ज्याज प्रोडक्शनले निर्माण गरेको भिडियोमा श्रीजन प्रजापतिको छायांकन र अनिल न्यौपाने क्रियटिभ सुपरभिजन छ ।

पुनम शाक्य निर्मात्री रहेको भिडियोमा अमन महर्जनको सम्पादन र निर्देशन छ । भिडियो गायक खतिवडाको आधिकारिक च्यानल आयुष खतिवडामार्फत सार्वजनिक गरिएको हो ।