सुनै सुनको तिलहरीमा आकाश र उषा

काठमाडौं । गायक प्रदीप कार्की र गायिका बेनिशा पौडेलको स्वरमा समावेश ‘सुनै सुनको तिलहरी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

यो गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । सार्वजनिक गीतको भिडियोलाई हरि हुमागाइँले खिचेका हुन् । भिडियोमा मनिष थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन छ ।

सार्वजनिक भएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल उषा उप्रेतीले अभिनय गरेका छन् । भिडियोमा उषा र आकाशको जोडी निकै सुहाएको छ ।

भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । यो भिडियोमा माधव शर्मा एसोसियट निर्देशक हुन् ।