सज्जासँग बब्लुको मयालु

काठमाडौं । गायक तथा मोडल देवेन्द्र बब्लुको नयाँ गीत ‘मयालु’ सार्वजनिक भएको छ । गीतमा बब्लुसँगै ‘नेपाल आइडल सिजन ३’ विजेता सज्जा चौलागाईको स्वर रहेको छ ।

गीतमा स्वंय बब्लुको शब्द तथा संगीत छ । भिडियोमा सागर भण्डारी, गरिमा शर्मा, देवेन्द्र बब्लु, कविता न्यौपाने, गोपाल परियार, काका हुमागाई, सबिन ढुंगाना, गणेश भण्डारीलगायत फिचर्ड छन् ।

बब्लुकै निर्देशन रहेको भिडियोमा विशाल घिमिरेको कथा छ ।