नवराज र रचनाको साथ छोड्यो छायाँले

काठमाडौं । लोकदोहोरी गायक नवराज ढुंगाना र गायिका रचना रिमालको स्वरमा रहेको लोकदोहोरी गीत ‘साथ छोड्यो छायाँले’ सार्वजनिक भएको छ ।

डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतमा साजन पराजुलीको शब्द, नमराज ढुंगानाको संगीत तथा कमल सौरागको संगीत संयोजन छ ।

साजन पराजुलीको निर्देशन रहेको भिडियोमा सरोज दाहाल, सिमरन दुलाल र राजेश श्रेष्ठ फिचर्ड छन् ।

भिडियोमा सुजन शाहीको सम्पादन र रंग संयोजन र विजय लामाको छायांकन छ ।