राजको जलेर खरानीमा वियोगान्त कथा

काठमाडौं । गायक राज लिम्बुको नयाँ गीत ‘जलेर खरानी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा राजकै शब्द तथा संगीत छ भने पुष्कर सुनुवारले संगीत संयोजन गरेका छन् ।

भिडियोमा नयाँ वर्ष मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई प्रांक गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चाताप र पीडा देखाइएको छ । म्युजिक भिडियोमा गायक लिम्बुसागै विष्णु पौडेल र प्रेम तामाङ फिचर्ड छन् ।

इजरायलमा छायांकन गरिएको भिडियोमा सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशन छ ।

गायक लिम्बुको आधिकारिक च्यानल राज लिम्बुमार्फत भिडियो सार्वजनिक गरिएको हो ।