क्राइम थ्रिलर अघोरीमा रेमन

काठमाडौं । ह्यापी रेकर्डस नेपालले निर्माण गर्न लागेको वेब सिरिज ‘अघोरी’मा रेमनदास श्रेष्ठ प्रमुख भूमिकामा देखिने भएका छन् । सुजन मानन्धरको निर्देशन रहने सिरिजका लागि रेमनले अघोरी चरित्र निभाउन लागेका हुन् ।

सिरिजमा सुमन चित्रकार श्रेष्ठ, सपना तामाङ, किरण स्याङतान, सिरन बज्राचार्य, निश्चल जुंग, अमिसा, तृप्ति र बाल कलाकार आयुष रिजालको अभिनय रहनेछ ।

निर्देशक मानन्धरका अनुसार सिरिजको लागि गरिएको अडिसनबाट विजया कार्की, चाँदनी शाही र रामलगायतका कलाकारहरु फाइनल भएका छन् ।

यसअघि ‘तिम्रो ल्याङ ल्याङ’ नामक वेब सिरिज निर्माण गरेको कम्पनीले यसपटक क्राइम थ्रिलरको ‘अघोरी’ बनाउन लागेको हो । सिरिजमा अमृत मरहठ्ठाको मेकअप, सुमन चित्रकारको कथा, रिकेश मानन्धरको संगीत, निश बज्राचार्यको छायांकन र सुजन मानन्धरको सम्पादन रहनेछ ।

सिरिज निर्माणमा सिर्जना सूत्रको सहकार्य हुनेछ ।