भीमको ओ माई लर्डमा गरिमा

काठमाडौं । गायक भीम श्रेष्ठ गीत ‘ओ माई लर्ड’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भीमकै शब्द र संगीत तथा शैलेन्द्र एम प्रधान ‘बाबु’को संगीत संयोजन छ ।

युवायुवती बीचको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक श्रेष्ठ र गरिमा शर्मा फिचर्ड छन् ।

अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन र शान थापाको निर्देशन छ ।

‘अक्सर छाता’ बोलको गीतबाट आफ्नो गायन यात्रालाई प्रारम्भ गरेका गायक श्रेष्ठले यसअघि ‘जानेबेला’, ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन् ।

उनको नयाँ गीतको भिडियो गायक श्रेष्ठको आधिकारिक च्यानल भीम श्रेष्ठ अफिसिएलमार्फत सार्वजनिक गरिएको हो ।