मधेशमा मैनामा पल र अन्जली

काठमाडौं । गायक केहरसिंह प्यासीको स्वरमा समावेश ‘मधेशमा मैना’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा पल शाह र अन्जली अधिकारी फिचर्ड छन् ।

गीतमा गायक केहरसिंहलाई समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् । गीतमा रवीन लामिछानेको शब्द, ऋषि खड्काको संगीत र श्याम श्वेत रसाइलीको एरेन्ज छ ।

ललितपुरमा छायांकन गरिएको भिडियोमा मौसम हिमालीको निर्देशन र विकास ज्ञवालीको सम्पादन छ ।