सुपर किड्सको सुन हैन सार्वजनिक

काठमाडौं । लकडाउनमा आयोजना गरिएको ‘अनलाइन सुपर किड्स डान्स एन्ड सिंगिङ कम्पिटिसन–२०२०’ का विजेताहरुको नयाँ गीत ‘सुन हैन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक धर्मेन्द्र सेवानको शब्द र संगीत छ भने बालकृष्ण चौधरीको एरेन्ज छ ।

गीतको कोरियोग्राफी भने निशिला शाक्य र उनको टिमले गरेका हुन । ड्रीम सर्च एजेन्सीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा विजयी प्रतिस्पर्धीहरु पद्मजा कार्की, विक्रम बस्नेत, प्रियान्कुश गौतम, आज्ञा थपलिया, अर्नव बन, आश्नेहा बिनाडीको स्वर छ ।

भिडियोमा सोनी लामा तामाङ, ओम राजवंशी, अपुर्व कर्माचार्य, प्रलक्षा कार्की, कृष तामाङ, दिवम राखेचा, दृष्टि धिमाल र आज्ञा थपलियाको अभिनय छ । मिरा साउन्ड

स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतकोे म्युजिक भिडियो ड्रीम सर्च एजेन्सीको फाउन्डर तथा निर्देशक कमल निकोन क्षेत्रीले निर्माण गरेका हुन्

भिडियोमा मेकअप आर्टिष्टको रुपमा शैलाजा शाह छिन् भने प्रोडक्सन डिजाइन आशिष नापित हुन् । भिडियोलाई राधाश्याम दुलालले निर्देशन गरेका हुन् ।