तस्वीरमा ताराका गीत

काठमाडौं । गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एलबम ‘तस्वीर’ लिएर आएकी छन् । यसअघि उनको ‘सपना’ र ‘सुनौलो तारा’ बजारमा आइसकेको छ ।

एलबम ‘तस्वीर’मा ‘गुलेलीमा’, ‘पराईको सिन्दुर’, ‘पछ्यौरी’ र ‘लाली ओठैमा’ गीत समावेश छन् । ‘गुलेली’मा किरण भुजेल र मेलिना राईको स्वर, दीपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन, ‘पराईको सिन्दुर’मा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ ।

त्यस्तै ‘पछ्यौरी’मा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दीपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन तथा ‘लाली ओठैमा’मा स्वरुपराज आचार्य र रचना रिमालको स्वर तथा राजनराज सिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलमार्फत सार्वजनिक गरिन् ।

एल्बममा समावेश सबै गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलमा छ । ‘गुलेलीमा’, ‘पछ्यौरी’ र ‘पराईको सिन्दुर’ गीतको भिडियोमा शान थापाको निर्देशन तथा ‘लाली ओठैमा’ भिडियोमा रमेश थापाको निर्देशनमा छ ।

‘गुलेली’मा नाजिर हुसेन र जेबिका कार्की, ‘पराईको सिन्दुर’मा जिवन भट्टराई र तारा अधिकारी, ‘पछ्यौरी’मा निराजन प्रधान र सुशिला थापा तथा ‘लाली ओठैमा’मा पल शाह र गरिमा शर्माको अभिनय छ । तस्विर एल्बमको कभर डिजाइन नहकुल खड्काले गरेका हुन् ।