सलिनाको चाहनामा नवीन र दीपिका

काठमाडौं । गायिका सलिना श्रेष्ठको शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘चाहना’ सार्वजनिक भएको छ ।

नवीन न्यौपाने निर्देशित भिडियोमा नवीन र दीपिका थापा मगर फिचर्ड छन् । भिडियोमा वरुण कोइरालाको छायांकन तथा युगराज खड्काको सम्पादन रहेको छ ।

भिडियोको सहायक निर्देशकमा निकिता गुरुङ र मिरा गुरुङ रहेका छन् । त्यसैगरि प्रोडक्शनमा जीवनजंग थापा र प्रकाश भट्टराई रहेका छन् ।