बेलायतबाट पारुको तिम्रो तृष्णा

काठमाडौं । एक दशकपछि गायिका पारु राई ‘तिम्रो तृष्णा’ बोलको गीत लिएर श्रोता र दर्शकमाझ आएका छन् । बेलायतमा बस्दै आएकी पारुले एक दशकअघि ‘प्यास’ नामक एलबम बजारमा ल्याएकी थिइन् ।

गीत ‘तिम्रो तृष्णा’मा उनलाई ‘भ्वाइस अफ नेपाल’का फाइनलिष्ट विकास लिम्बुले साथ दिएका छन् ।

गीतमा पारुकै शब्द तथा ताराप्रकाश लिम्बुको संगीत छ । यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको भिडियोमा मण्डल थेवे, पारु राई, विकास लिम्बु र वृक्षा लिम्बु फिचर्ड छन् ।

भिडियोमा कुशल श्रेष्ठको छांयाकन, सम्पादन एवं निर्देशन भने नेपालतिरको निर्देशन सुरज तामाङले गरेका हुन् ।

भिडियोमा विपना गुरुङको मेकअप, आशीष श्रेष्ठको सह–छायांकन र नवीन निरौलाको रंग संयोजन छ ।