दुर्गेशकी दिलकी रानी बनिन् एञ्जल

काठमाडौं । गायक दीपक पाठक र गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘दिलकी रानी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा र्यापर जेम्स विश्वकर्माको र्याप रहेको छ ।

गीतमा दीपक पाठकको शब्द र संगीत तथा विश्व अधिकारीको एरेञ्ज छ । डिसिरिज युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा दुर्गेश थापा, एञ्जल श्रेष्ठ र सान्भी खतिवडा फिचर्ड छन् ।

भिडियोमा राजेश घिमिरेको छायांकन, मिलन विश्वकर्माको सम्पादन र कजिश श्रेष्ठको निर्देशन छ ।

भिडियोका निर्माता दिव्या शर्मा र बी कौशिक हुन् ।