राजेशपायलले गाए आधा लैजाऊ तिमी माया

काठमाडौं । साहित्यकार तारा लिम्बुको नयाँ गीत ‘आधा लैजाऊ तिमी माया’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक राजेशपायल राइको स्वर, सबिन लिम्बुको संगीत तथा एरेञ्ज छ ।

भिडियोमा अमित सुब्बा र क्रिन्चा राईको अभिनय छ । बेलायतका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा कुशल श्रेष्ठको निर्देशन छ ।

भिडियोमा कुशलकै छायांकन र सम्पादन छ । भिडियोमा प्रेम र रोमान्सका रोमान्टिक दृश्यहरुलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । भिडियोमा कोरियोग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ ।