चञ्चले मनमा पुजन र पुष्करको रोमान्स

काठमाडौं । गायक तथा संगीतकार बालकृष्ण न्यौपाने र गायिका गीता शर्माको स्वरमा रहेको गीत ‘चञ्चले मन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा बालकृष्णकै शब्द तथा संगीत र विष्णु अधिकारीको एरेञ्ज छ ।

सिर्जन बराल निर्देशित भिडियोमा पुजन घिमिरे र पुष्कर दाहाल फिचर्ड छन् । भिडियो काठमाडौं उपत्यका आसपास छायांकन गरिएको हो ।

भिडियोमा दीपक घिमिरेको छायांकन तथा अमृत चापागाईंको सम्पादन र रंग संयोजन छ । बिके क्रिएशनबाट बजारमा आएको भिडियोको निर्माता दुर्गा धिमाल न्यौपाने हुन् ।

यसअघि गायक तथा गीतकार न्यौपानेका ‘सोल्टिनी’, ‘बहार बनी तिमी आयौ’, ‘अब यी अल्छी हातमा’लगायतका गीत बजारमा आइसकेका छन् ।