कोरोनामुक्त प्रमोद लेख्छन्, ‘खोप लगाए पनि सचेत रहौं’

काठमाडौं । आठ महिना अघि कोरोना संक्रमण भएका गायक प्रमोद खरेललाई यसपटक पनि कोरोनाले छोडेन । एक महिना अगाडि मात्र कोरोनाको पहिलो डोज खोप लगाएका उनी दोस्रोपटक संक्रमित भएपछि बिहीबारबाट आइसोलेसन मुक्त भएका छन् ।

उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै बिहीबारदेखि आइसोलेसनबाट मुक्त भएको उल्लेख गरेका छन् ।

‘कोरोनाले आठ महिनाको अन्तरमा दुईचोटी आक्रमण गर्यो । पहिलो डोज भ्याक्सिन पनि लगाएकै थियो । तर पनि आएरै छोड्यो । र आइसोलेसनबाट आज मुक्त भइयो’, उनले लेखेका छन् ।

प्रमोदले खोप लगाए पनि सचेत रहन आग्रह गरेका छन् । ‘पहिला लागेको र खोप लगाए पनि सचेत रहौं, सुरक्षित रहौं’, उनले लेखेका छन् ।