लागुऔषध र अपराधको कथामा ओभर डोज

काठमाडौं । अमेरिकामा बस्ने दुई नेपाली युवाको जीवनीमा आधारित फिल्म ‘ओभर डोज’ प्रिमियर हुने भएको छ । फिल्म यही मे २९ अर्थात भोलि अमेरिकाको टेक्सस राज्यको डलासमा प्रिमियर हुन लागेको हो ।

लागुऔषध र अपराधको कथा समेटिएको फिल्ममा प्रनिषराज पन्त, सविनजंग थापा, बिना श्रेष्ठ, गौरव गुरुङ र स्वामी डिजेलगायत अमेरिकी कलाकारको अभिनय छ । सुमन पौडेलको लेखन तथा निर्देशन रहेको फिल्म नेपाली र अंग्रेजी दुई भाषामा निर्माण गरिएको छ । यो टिमले सट फिल्म, म्युजिक भिडियो तथा विज्ञापन निर्माण गर्दै आएको छ । उनीहरुको पहिलो यो फिचर फिल्म पहिलो हो ।

यस फिल्मलाई दर्शकले मन पराउनेमा आफु ढुक्क रहेको निर्देशक पौडेलले बताए । चितवन निवासी पौडेल केहि वर्षदेखि अमेरिकामा नै बसोबास गर्दै आएका छन । उनले फिल्म मेकिङमा ब्याचलर सकेका छन् ।

दर्शकका लागि केही नयाँ दिने उदेश्यले फिल्म निर्माण भएको अभिनेता प्रनिसराज पन्त बताए । उनी पढाईको सिलसिलामा अमेरिकामा बस्दै आएका छन् । दादा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मलाई साजन कार्कीले सम्पादन गरेका छन् । यस फिल्मलाई समयअनुकुल भएपछि संसारभर प्रदर्शन गर्ने निर्माणपक्षको भनाई छ ।