गीतमा आकाशै राम्रो जुन लाएर

काठमाडौं । गायिका टिका सानु, सम्झना कँडेल र गायक सुन्दर परियारको स्वरमा रहेको ‘आकासै राम्रो जुन लाएर’ गीतको भिडियो सार्वजनिक भएको छ । मौलिक लोकलयमा आधारित गीतमा मायालु जोडीबिचको प्रेमको भावनालाई गीतमा समेटिएको छ ।

गीतमा सुन्दर परियारको शब्द तथा लय सिर्जना र झलक संगीतमको एरेन्ज छ । भिडियोमा टिका सानु, सम्झना कँडेल, मानसिंह खड्का, किरण मगर, मनीषा र सजीनाको अभिनय रहेको छ ।

मिडियोमा प्रकाश खड्काको छायांकन, विनोद बमको सम्पादन तथा मानसिंह खड्काको निर्देशन छ ।