एलिनाको क्या हिरो भएछ

धनकुटा । गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘क्या हिरो भएछ’ सार्वजनिक भएको छ । गीतमा गीतकार एवं निर्देशक विष्णुविक्रम निरौलाको शब्द, एमके निरौलाको संगीत तथा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ छ ।

अलंकार स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोमा सुमन योगी, सिम्रन कार्की, नुमाफुङ लिम्बु, आस्था भुजेल, करुणा लिम्बु, सुजन राई र बालकलाकारद्वय विश्वास बस्नेत र सनुजा राई फिचर्ड छन् ।

प्रनेश राई (यात्री ब्रोज)को छायांकन रहेको भिडियोमा सुमन योगीको कोरियोग्राफी र विष्णुविक्रम निरौलाको निर्देशन छ । भिडियाे धनकुटा खबरकाे अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे हाे ।