अमेरिकामा पानीपुरी र चटपटे बेच्दै प्रियंका

मुम्बई(एजेन्सी) । बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाइसकेकी अभिनेत्री प्रियंका चोपडा जोनस सामाजिक सञ्जालमा सक्रिय छिन् । हालैमात्र अभिनेत्रीले आफ्नो अफिसियल इन्स्टाग्राममा कैयौं तस्वीर पोस्ट गरिन्, जहाँ उनलाई एक रेष्टुरेन्टमा बसेको देख्न सकिन्छ ।

प्रियंकाले न्यूयोर्कमा सोना नामको भारतीय रेष्टुरेन्ट खोलेकी छन् । जहाँ उनी आफ्ना साथीहरुसँग पुगेकी थिइन् । प्रियंका रेष्टुरेन्टमा पुगेपछि चटपटे र पानी पुरी खान थालिन् । यी परिकार उनको रेष्टुरेन्टमा पाइन्छ ।

रेष्टुरेन्टमा प्रियंका र उनका साथीहरुले स्वदेशी खानाको स्वाद लिए । त्यहाँ खाना खाएपछि उनले रेष्टुरेन्टको टिमसँग तस्वीर खिचाइन् र आफ्नो अनुभव सुनाइन् ।

प्रियंकाले यो रेष्टुरेन्टको इन्टेरियरमा निकै पैसा खर्च गरेकी छन् । जुन कुरा उनको रेष्टुरेन्टको इन्टेरियर हेर्दा थाहा हुन्छ । रेष्टुरेन्टमा पुगेपछि प्रियंकाले तीन वर्षको मेहनतपछि रेष्टुरेन्ट खुलेको स्मरण गर्दै खुशी व्यक्त गरिन् ।