मनीषालाई राजकुमारको यस्तो सान्तवना

मुम्बई(एजेन्सी) । बलिउडमा अभिनेता राजकुमारको नाम एउटा यस्तो नाम हो, जो सदाका लागि फिल्मको इतिहासको हिस्सा बनेको छ । राजकुमार आफ्नो बोलीका कारण प्रख्यात थिए ।

फिल्म ‘इन्सानियत के देवता’मा उनी अभिनेत्री मनीषा कोइरालाका साथ काम गरिरहेका थिए । यही फिल्मको सुटिङका समयमा उनले मनीषालाई यस्तो केही कुरा भने जुन कुरा मनीषाले अहिलेसम्म भुल्न सकेकी छैनन् ।

मनीषाले आफ्नो करियरको सुरुवात राजकुमारका साथ फिल्म ‘सौदागर’बाट गरेकी थिइन् । उनलाई थाहा थियो कि राजकुमारलाई मनमा जे कुरा आउछ, त्यही बोल्छन् । त्यहीकारण मनीषा राजकुमारबाट टाढिएर बस्थिइन् ।

मनीषा एकदिन फिल्मको सेटमा चुप लागेर बसेकी थिइन् । उनी शान्त भएर बसेको देखेर राजकुमार उनको छेऊमा पुगे । उनलाई ‘तिमीलाई के भयो छोरी ?’ भनेर सोधेका थिए । फिल्म ‘सौदागर’ पछि मनीषाको कैयौं फिल्म फ्लप भएका थिए । उनमा यही चिन्ता थियो । यो कुरालाई बुझेका उनले ‘के तिमी आफ्नो फ्लप फिल्मको कारण चिन्तित छौ ?’ भनेर सोधे । त्यसपछि मनीषाले राजकुमारलाई चिन्तित नहुन भने ।

‘तिमी चिन्तित नहुनु । यस्ता फिल्महरु बाँदर जस्ता निर्देशकले बनाउछन्’ राजकुमारले मनीषालाई यो कुरो बताइरहँदा उनको छेउमै फिल्मका निर्देशक थिए ।राजकुमारले आफूलाई बाँदर भने पनि ती निर्देशकले कुनै प्रतिक्रिया जनाएनन् । किनकी राजकुमार, राजकुमार नै थिए ।