लागुऔषध कथामा एडिक

काठमाडौं । समाजमा विकृतिको रुपमा रहेको लागुऔषधको कारणबाट उत्पन्न भएको विकृति र विसंगतिलाई आधार बनाएर निमार्ण भएको सत्य घटनामा आधारित सट फिल्म ‘एडिक’ बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ ।

शंकर अधिकारी ‘घायल’को लेखन र निर्देशनमा निर्माणमा बनेको फिल्ममा कसैलाई धेरै विश्वास र माया गर्दा जिन्दगी कसरी नारकीय बन्छ भन्ने सन्देश दिइएको छ ।

फिल्ममा सबिना केसि, करण साउद, शिखा पौडेल, पदम अधिकारीको अभिनय रहेको फिल्ममा दिवस गुरुङको छायांकन, अन्जली थापाको सम्पादन, कला राईको निर्माण छ ।