खेदामा पालाम संस्कृति

काठमाडौं । लिम्बू समुदायको विवाह तथा पालाम संस्कृतिमा आधारित सट फिल्म ‘खेदा(कथा)’सार्वजनिक भएको छ । फिल्ममा भूतपूर्व लाहुरेकी पत्नीले श्रीमानको मरणोपरान्त निवृतिभरण (पेन्सन) थाप्न जाँदा आफ्नो नाति उमेर पुगेकोले बुहारी ल्याएन भन्ने चिन्तालाई देखाइएको छ ।

फिल्ममा विवाह संस्कृतिलाई नजिकबाट बुझाउन खोजिएको लिम्बू जातिको धाननाच प्रस्तुत गरिएको छ । धाननाचबाटै मनपराइएको युवायुवतीबिच विवाहको लागि लाने÷जाने संस्कृति पनि यसमा देखाइएको छ ।

बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा फिल्ममा छ । पालामलाई प्राथमिकतामा राखिएको फिल्ममा रुकमान लिम्बू, सबनम साबा लिम्बू, यासेली योङ्हाङ लिम्बू, मनु थक्लुङ लिम्बू, नैनाकला आङदेम्बे, नाम्लिङ अख्राबो लिम्बू, निर्मला तावा, नितुरानी नेम्बाङ, बत्तिमाया चोङ्बाङ, बुद्धमति लिम्बू, कृष्णमाया लिम्बू, दिपा सुहाङ, भीम सेनिहाङ लिम्बू, दिपा सुहाङ, जेपी नेम्बाङ लिम्बू, भिमसागर मादेम्बा लिम्बू, उदय बेघा लिम्बू, रेश्मा लिम्बू, सुमन लिम्बू, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बू, मनकुमार वनेमलगायतको अभिनय छ ।

फिल्ममा मनु नेम्बाङ र सुमन लिम्बूको स्वर, नेम खापुङ लिम्बूको शब्द, सुमन लिम्बूको लय संकलन र अशोक लोहोरुङ राईको संगीत संयोजन छ । गीतमा मनु र सुमनलाई भीम सेनेहाङ लिम्बू, रुकमान लिम्बू, निरन्ता नेम्बाङ, दिपा सुहाङ, दिवस पयाङगु लिम्बू, रोजिना थेगिम लिम्बूले पालाम थाप्न सघाएका छन् ।

फिल्ममा देवेन्द्र खापुङ सुर्केलीको पटकथा र संवाद, डीबी आङबुहाङ लिम्बूको सबटाइटल, तेह्रथुमे बुटिक, सेमिमा कलेक्सन माङ्गेन्ना ढाका पसलको ड्रेस डिजाइन छ ।
याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूहको च्याब्रुङ नृत्य रहेको फिल्ममा बुद्ध थापाको छायांकन, विनोद लामाको पाश्र्व संगीत, विकास दाहालको सम्पादन तथा लोकेन साँवाको कथा र निर्देशन छ । रुबुसा क्रिएटिभ वर्कले फिल्म सार्वजनिक गरेको हो ।