भुवनसँग दीपाश्रीको सम्झिनी पानी छम्किनी

काठमाडौं । गायक सम्राट चौलागाइँले पाँच वर्ष अघि बजारमा ल्याएको गीत ‘सम्झिनी पानी छम्किनी’को तीज भर्सन गीत सार्वजनिक गरेका छन् । पहिलो भर्सनको गीतलाई हालसम्म ८० लाख बढी पटक हेरिएको छ । गीतमा चौलागाइँकै शब्द र संगीत छ ।

नयाँ भर्सनको गीतमा अभिनेता भुवन केसी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री स्वस्तिमा खड्कासँगै गायक सम्राट र मोडल गीता ढुंगाना फिचर्ड छन् ।

विक्रम स्वाँर निर्देशित भिडियोमा चार पुस्ताको प्रतिनिधित्व छ । भिडियोमा बाल कलाकारहरु जेभिन र जेभिस श्रेष्ठसँगै आस्युमी ढकाललाई पनि देख्न सकिन्छ ।

गायक सम्राट चौलागाइँकै अफिसियल युट्युव च्यानलबाट इन्टरनेट रिलिज गरिएको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा वीरबहादुर थारुको सम्पादन छ ।