काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कारण लगाइएको निषेधाज्ञाको समयमा विभिन्न व्यक्तिको अनुभवलाई समावेश गरेर वेब सिरिज ‘अ ग्लास अफ ह्याप्पीनेस’ निर्माण गरिएको छ ।
छायांकार सुदीप बरालको निर्माणमा सुदीप भजु, विकास न्यौपाने र संजीवरत्न शाक्यको लेखन तथा निर्देशन रहेको उक्त वेब सिरिज कुल ४ भागमा छ । सुदीपका अनुसार उनले विषयवस्तु बलियो भएका कारण यो वेब सिरिज निर्माण गरेका हुन् । उनले सिरिज भिडियो पसल, डिस होम, नेट टिभीलगायत राष्ट्रिय र अन्तराष्ट्रिय एप तथा वेब सर्फरहरुमा आगामी साताबाट हेर्न सकिने बताए । सिरिज युट्युबमा भने आउने छैन ।
उक्त वेब सिरिजमा लकडाउनमा फसेका नवविवाहित जोडी, विवाहित जोडी तथा किशोरावस्थाका साथीहरु गरी तीन फरक फरक कथा समावेश गरिएको छ । निषेधाज्ञाका कारण मानिसको जीवन र सम्बन्धमा आएको विभिन्न परिस्थिती र परिवर्तनलाई विषयमा बनाएर वेब सिरिज निर्माण भएको निर्देशक सुदीपले बताए ।
सिरिजमा मेनु्का प्रधान, रञ्जना भट्टराई, अनु दहाल, निकिता आचार्य, गौरव विष्ट, सु्दीप भजु, विकास न्यौपानेको अभिनय रहेका छ भने उज्वल बास्ताकोटीको छायांकन रहेको छ ।
सिरिजमा किशोरराज खाण सह–निर्माता रहेका छन् भने यो बेब सिरिजको प्रवद्र्धन ओएसआर डिजिटलले गरेको छ ।