देखें जब उनीलाईमा प्रजिना र प्रकाश

काठमाडौं । गायक जगदीश समालको स्वर रहेको गीत ‘देखें जब उनीलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार तथा निर्माता अनु शाहको शब्द, नारायण सुवेदी आभाषको संगीत तथा फणिन्द्र राईको एरेञ्ज छ ।

अमेरिकामा नै छायांकन भएको भिडियोमा प्रजिना वाग्ले र प्रकाश थापा फिचर्ड छन् । राजन उप्रेती निर्देशित भिडियोमा जेसन फोटोग्राफीको छायांकन तथा प्रविण श्रेष्ठको सम्पादन छ ।

भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।