काठमाडौं । हास्यटेलिफिल्म ‘सक्किगोनी’ आफ्नै युट्युव च्यानलमार्फत आउने भएको छ । यस अघि युट्युव राइटस् ओएसआर डिजिटलले लिएको थियो ।
ओएसआरसँगको सम्झौता अवधी सकिएको र नयाँ सम्झौता नभएको कारण टेलिफिल्मको आफ्नै युट्युव च्यानल जेपिटी जिग्री पाँडे टिम क्रिएसन अफिसियलबाट सार्वजनिक हुने भएको हो । अब बिहिबार राती ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपिटी क्रियसन अफिसियलबाट आउने भएको छ ।
ओएस आर डिजिटलसँगको ५२ भाग प्रसारणको सम्झौता मिति सकिएकाले अब आफ्नै युट्युवबाट प्रसारण गर्ने निर्णय गरिएको कलाकार तथा निर्देशक कुमार कट्टेल ‘जिग्री’ले बताए ।
जिग्रीका अनुसार भविष्यमा कुनै युट्युव च्यानलसंग डिजिटिल राइटसको सम्झौता नभएको खण्डमा जेपिटी क्रियसनबाटै आउने स्पष्ट पारे । आफ्नै आधिकारीक युट्युब च्यानलमार्फत आउने भएपछि आफूहरु थप हौसला र चुनौतीको रुपमा काम गर्न अगाडि बढेको टिमको भनाई रहेको छ ।