रचनाले गाइन् धमिलो

काठमाडौं । गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘धमिलो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा धादिङको गल्छी घर भएका कलाकार विक्रम ढकालको अभिनय रहेको छ । ढकाललाई सिर्जना क्षेत्री र सवी डोटेलले साथ दिएका छन् ।

उदय पौडेलको निर्देशनमा बनेको उक्त भिडियोमा वीरेन्द्र भट्टको छायांकन र रोशन धितालको सम्पादन छ ।

भिडियो रानव इन्टरटेन्टमेन्ट नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सुदन खत्रीले लेखेको गीतमा तिलक कट्टेलको संगीत, सुमन केसीको एरेन्ज रहेको छ ।