पुष्पलाई पीडा दिने आयो दशैं

काठमाडौं । विगत ८ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायक नरेश रेग्मीले दशैंलाई लक्षित गर्दै नयाँ गीत ‘आयो दशैं’ सार्वजनिक गरेका छन् । यो गीतमा नरेश र गायिका देवी घर्तीको स्वर छ ।

गीतमा शिव हमालको शब्द तथा संगीत सुन्न सकिन्छ । गीतमा दशैं नजिक आउँदा पनि प्रेमीप्रेमिका बाध्यताले टाढा हुनु परेको पीडा व्यक्त गरिएको छ ।

भिडियोमा नायक पुष्प खड्का र नवमोडल तनुजा वलीको अभिनय छ । नरेशले १५ वर्षदेखि सांगीतिक क्षेत्रमा आफूलाई अगाडि बढाएका छन् । उनले एक दर्जन भन्दा बढी गीतमा स्वर दिएका छन् । साथै, अष्ट्रेलियामा रहेर उनी गीतसंगीतमा सक्रिय छन् ।

भिडियोमा विक्रम चौंहानको निर्देशन, प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन छ ।