आफ्नै युट्युब च्यानल सुरु गर्दै भुवन केसी

काठमाडौं । अभिनेता तथा निर्माता भुवन केसीले आफ्नो युट्युब च्यानल सुरु गर्ने भएका छन् । उनको व्यानर सुपर काजल फिल्मस् अन्तर्गत रहेर भुवनले युट्युब च्यानल सुरु गर्न लागेका हुन् ।

विगत अढाई वर्षदेखि सुपर काजल फिल्मस्को व्यवस्थापन हेर्दै आएका निराजन गिरीसँगको सहकार्यमा भुवनले युट्युब सञ्चालनमा ल्याउदैछन् ।

निराजनका अनुसार युट्युबमा जिया केसी कार्यकारी निर्माता रहनेछिन् । च्यानलमा निरज पन्थीले छायांकन र सम्पादनको जिम्मेवारी सम्हाल्दैछन् । युट्युब च्यानलको पहिलो प्रोमो काजल फिल्मस्ले यही शुक्रबार साँझ पाँच बजे सार्वजनिक गर्दैछ ।

अभिनेता भुवनले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले सुपर काजल फिल्मस्को नाममा युट्युब सञ्चालनमा ल्याउन लागेको जानकारी दिएका छन् ।