दशैंमा घमेशको परदेशी भूमि

काठमाडौं । विगत तीन दशक भन्दा बढी समय नेपाली गीत संगीतमा बिताइसकेका गायक तथा संगीतकार घमेश दुलालले बडा दशैंलाई लक्षित गर्दै ‘परदेशी भूमि’ बोलको गीत दर्शकमाझ ल्याएका छन् ।

डीएआर मुभिजको अफिसियल युटुव च्यानल डीएआर डिजिटलबाट बजारमा आएको गीतमा घमेश,काव्या आचार्य र प्रभावन जेको स्वर छ । गीतमा प्रभावनको संगीत र साजन पराजुलीको शब्द छ ।

एक्सन स्टुडियो अनामनगरमा कर्ण संज्यालले रेकर्ड गरेको गीतको भिडियोमा निर्देशक साजन पराजुलीले सरोज दाहाल, रमा थपलिया, अनु पराजुली, इश्वर तिमल्सिना, जीवनकुमार खतिवडा र निरुता आचार्यलाई अभिनय गराएका छन् ।

चाडबाडको समयमा आफ्नो परिवारसँग विछोडिनु पर्दाको पीडा मार्मिक तवरले बोल्ने गीतको भिडियोमा राजेन्द्र भण्डारीको छायांकन र कृष्ण गौतमको सम्पादन र कलर संयोजन छ ।