पिउने बानी भोमा खुलेका दिपासा र रिश्वान

काठमाडौं । निर्देशक तथा कलाकार विनोद केसीको शब्द, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको ‘पिउने बानी भो’ बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ ।

प्रेममा धोका पाएको एक प्रेमीले पिउने बानी बसाएपछि भोगेको विभिन्न घटनाको कथा समेटिएको उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम, दिनेश दुलाल, दिपासा बिसि र रिश्वान अर्यालले अभिनय गरेका छन् भने अतिथि कलाकारमा शम्भु श्रेष्ठ र कृष्ण प्रसाद राजघतानीले अभिनय गरेका छन् ।

एसजीएफ युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा प्रेममा धोका पाए पनि प्रेमिकालाई बिर्सन नसकेको प्रेमीको कथा छ । करण चैसिरको छायांकन रहेको गीतको म्युजिक भिडियो राजकुमार मगरले सम्पादन गरेका छन् ।