यस्तो छ यो माया कस्तो माया शीर्ष गीत

काठमाडौ । नेपाली फिल्म ‘यो माया कस्तो माया’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतको भिडियो ओएसआर डिजिटल च्यानलबाट बुधबार सार्वजनिक भएको हो । समसामयिक प्रेमकथामा आधारित फिल्ममा दिवश धिताल, सभ्यता गिरीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रदर्शनको तयारीमा रहेको फिल्मको यो गीतमा तुलसा शर्मा र सुरेश लामाको स्वर रहेको छ भने अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, किशन पोखरेलको निर्देशन रहेको छ ।

फिल्मका निर्माताहरुमा इन्द्र रजक, संवृद्धध श्रेष्ठ, विशाल गुरुङ, कमलचन्द्र पोखरेल, करण थापा, बाबु गौतम रहेका छन् ।