प्रभावमा हट साम्राज्ञी

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित भिडियो ‘प्रभाव’ सार्वजनिक भएको छ ।

प्रकाशविक्रम थापामा शब्द, संगीत र स्वर रहेको उक्त गीतमा संगीत निर्माण र रेकर्डिङ सुरज शर्माको रहेको छ । शेखरराज खशजुको निर्देशन रहेको भिडियोमा साम्राज्ञीको साथमा विवेक खड्काको रोमान्स देख्न सकिन्छ ।

इन्डोर दृष्यलाई प्राथमिकता दिएको भिडियोमा सुशन मगरको छायांकन, प्रविण श्रेष्ठको सम्पादन रहेको छ भने प्रकाश विक्रम थापा भिडियोका निर्माता हुन् । भिडियोमा साम्राज्ञीलाई निकै हट रुपमा प्रस्तुत गरिएको छ ।