होई मेरो संसारमा सरोज र बिना

काठमाडौं । अमेरिकामा बस्दै आएका गायक विन्ती कुमार गुरुङ र गायिका शान्ता अर्यालको स्वर रहेको गीत ‘होई मेरो संसार’ आज युट्युब मार्फत विश्वव्यापी रिलिज गरिएको छ । गीतमा दीपक शर्माकोे शब्द तथा संगीत छ ।

गायक विन्ती कुमार अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतमा निरन्तर सक्रिय छन् । उनले, गीतसंगीतलाई निरन्तर अगाडि बढाउने र दर्शकका लागि उत्कृष्ट सिर्जना सार्वजनिक गर्ने बताए ।

यो गीतको भिडियोेलाई निर्देशक विधान कार्कीले निर्देशन गरेका हुन् । विधानले गीतको भिडियोमा सरोज प्रजा र विना राउतको प्रेम झल्काएका छन् ।

गीतको भिडियोमा विधानले गाउँबाट शहर जान खोज्ने केटा र उनलाई रोक्ने केटीको कथा भनेका छन् । भिडियोमा सुभाष कार्की ‘बेलबासे’को पनि अभिनय हेर्न सकिन्छ ।

नवराज उप्रेतीको छायांकन रहेको गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।