दर्शकले मनपराए उकुसमुकुस

काठमाडौं । दश भागदेखि प्रसारण भइरहेको कमेडी टेलिफिल्म ‘उकुस मुकुस’लाई दर्शकले रुचाएको यसको निर्माण पक्षले दाबी गरेको छ । उसका अनुसार सार्वजनिक १० भागमध्ये ४ वटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेको छ ।

दिलीप तामाङ र सितादेवी तिमिल्सेनाको निर्देशन रहेको टेलिफिल्ममा दिलीप तामाङ ‘हुरहुर’, वेदना राई, देवी आले, प्रकाश लिम्बु, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश बुढामगर, दिपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारीलगायतका कलाकारको अभिनय छ ।

टेलिफिल्ममा केदारप्रसाद घिमिरे र दिलिप तामाङको पटकथा तथा संवाद र केदारकै लेखन सुपरीवेक्षण छ । लोकचन्द्र थापाको छायांकन रहेको टेलिफिल्ममा सुबिन दाहालको सम्पादन, नहकुल भट्टराइको लगानी छ । ‘उकुस मुकुस’को पछिल्लो भाग नेपालको युट्युब ट्रेन्डिङको नवौं नम्बरमा छ ।